काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कुल बीमाशुल्क आर्जन १७८ प्रतिशतले वृद्धि भएको छ । कोरोना महामारीको प्रभावका बाबजुत गत आर्थिक वर्ष २०७७/७८ मा कम्पनीको कुल बीमाशुल्क आर्जन १७८ प्रतिशतले वृद्धि भएको हो ।
कम्पनीले गत आर्थिक वर्षमा ३ अर्ब रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको हो । त्यस्तै कम्पनीले उक्त अवधिमा २ अर्ब रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको छ । नविकरण बीमाशुल्कबापत भने कम्पनीले १ अर्ब ५० करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ ।
कोरोना महामारीको विषम परिस्थितीमा पनि जीवन बीमा क्षेत्रमा कम्पनीको उचाई र उपस्थिती अझ मजबुत बनाउन सहयोग गर्ने सम्बन्धित सबैमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले धन्यवाद ज्ञापन गरेका छन् ।
यस्तै उनले हरेक विषम परिस्थितिलाई अवसरको रुपमा लिदै आगामी दिनमा कम्पनीले उपलब्ध गराउने सेवाहरुलाई अझै ग्राहक केन्द्रित र प्रविधिमुखी बनाउदै लैजाने उद्देश्यका साथ विभिन्न कार्यक्रमहरु लगायत नवीनतम बीमा योजना र व्यवसायिक तथा दक्ष सिटिजन लिडरहरु सहितको सिटिजन टिम मार्फत कम्पनीले भविष्यमा वित्तीय तथा सामाजिक लक्ष्य हासिल गर्दै उत्कृठ सेवा प्रदान गर्ने प्रतिवद्धताका साथै नयाँ आर्थिक वर्षमा कम्पनीले थप उर्जाका साथ उच्च लक्ष्य लिएर बढ्ने संकल्प व्यक्त गरेका छन् ।