सिटिजन लाइफद्धारा ‘डिजिटल सिटिजन’ अभियान अन्तर्गत अनलाइन बीमा दाबी सेवाको सुरुवात

2021-06-03
सिटिजन लाइफद्धारा ‘डिजिटल सिटिजन’ अभियान अन्तर्गत अनलाइन बीमा दाबी सेवाको सुरुवात

काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कोरोना भाइरसका कारण उत्पन्न बिषम परिस्थितीमा सेवालाई समयानुकूल परिस्कृत गर्दै सहज तथा सर्वसुलभ गराउन ‘डिजिटल सिटिजन’ अभियान अन्तर्गत अनलाईन बीमा दाबी सेवाको शुभारम्भ गरेको छ । 

यस सुविधा मार्फत अब देखी सेवाग्राही तथा बीमितले बीमा दाबीका लागी कम्पनीको कार्यालयमा धाइरहनु पर्ने झन्झटबाट मुक्ति पाउने छन् । ईन्टरनेट सेवा उपलब्ध भएको जुनसुकै ठाउँबाट कम्पनीको वेभसाइटमा रहेको एजेन्ट पोर्टल लग इन गरी दिइएका विवरणहरु भरेर आवश्यक कागजात स्क्यान गरेर अपलोड गरी दाबी प्रक्रिया सजिलै अगाडी बढाउन सकिने कम्पनीले जनाएको छ ।

सबै कुरा स्वचालित प्रणालीमा अद्यावधिक हुने भएकाले यो सेवाले समयको बचत हुनुका साथै दाबीसंग सम्बन्धित विवरण पेश गर्ने प्रक्रिया छिटो छरितो हुने र यसले बीमा दाबी भुक्तानी कार्य सहज हुने कम्पनीले जनाएको छ ।

सिटिजन लाइफ इन्स्योरेन्सको “डिजिटल सिटिजन” अभियान अन्तर्गत अनलाईन मार्फत बीमा प्रस्ताव दाखिला गर्ने सफ्टवेयर प्रणाली पनि विगत १ बर्ष देखी सञ्चालनमा रहेको छ । कम्पनीले विभिन्न तालिमहरु डिजिटल माध्यमबाट संचालन गरिरहेको छ ।

यसका साथै कम्पनीले बीमा शुल्क भुक्तानी व्यवस्थाको लागी इसेवा  , कनेक्ट आइपीअएस लगायतका डिजिटल बैकिङ्ग सुविधा र कम्पनीको बैंक खाताहरु उपलव्ध गराउनुका साथै ग्राहक तथा अभिकर्ताले कम्पनीसंगको कारोवार तथा विवरण आफैले हेर्न मिल्ने पोर्टल समेत संचालन ल्याएको छ ।


Share this with your friends: