काठमाण्डौ । सिटी एक्सप्रेस मनी ट्रान्सफर र बेलायतको Taptap send uk बीच रेमिटान्स कारोबार सुरु भएको छ।
बेलायमा रहेका नेपालीले त्बउतबउ क्भलम को सेवा प्रयोग गरी सिटी एक्सप्रेसमार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् र नेपालमा सिटी एक्सप्रेससँंग आबद्ध १२ हजारभन्दा बढी एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिन्छ र छिट्टै नै नेपालको जुनसुकै बैंकको खातामा पनि रकम जम्मा अथवा मोबाइल वालेटमा लोड गर्न सकिनेछ।
यसका साथै हरेक करोबारमा लाभार्थीहरुलाई एसएमएसद्वारा जानकारी पनि गराइन्छ।
सम्झौतामा सिटी एक्सप्रेसका तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टन्डन र taptap send का तर्फबाट निर्देशकमाइकल फाइले हस्ताक्षर गरेका छन्।