काठमाण्डौ। सिटी एक्सप्रेस मनी ट्रान्सफरले समस्त नेपालीको महान चाड २०७८ सालको दसैँ, तिहार र छठलाई लक्षित गर्दै आफ्ना ग्राहकसँग पर्वको खुशी साट्न लगातार ६१ दिनसम्म चल्ने ‘सिटी आयो लखपति बनायो’ उपहार योजना घोषणा गरेको छ।
सिटी एक्स्प्रेसको यो उपहार योजनाअन्तर्गत लक्की ड्रमार्फत ६१ दिन लगातार हरेक दिन १ जना विजेतालाई रु। १० हजार उपहार प्रदान गरिनेछ। यसका साथै हरेक महिना ५ जनालाई रु। १–१ लाख गरी २ महिना सम्म १० जना लखपति बन्न सक्नेछन्।
कम्पनीका अनुसार यो अफर असोज १ गतेदेखि कात्तिक ३० गतेसम्म लागू हुनेछ। यो अवधिभरि सिटी एक्सप्रेसमार्फत देशविदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन्। यस उपहारको विजेता छनोट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ र यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागू हुने छैन।