सिद्धार्थ बैंकद्वारा हेल्प नेपाल नेटवर्कलाई रु.५ लाख प्रदान

2021-04-05
सिद्धार्थ बैंकद्वारा हेल्प नेपाल नेटवर्कलाई रु.५ लाख प्रदान

काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले सोमबार दोलखास्थित राजकुलेश्वर आधारभूत विद्यालयको भवन पुनर्निर्माण गर्नका लागि हेल्प नेपाल नेटवर्कलाई सहयोगस्वरुप ५ लाख रुपैयाँ प्रदान गरेको छ। 

उक्त रकम बैंकका हेड अफ सर्कल अफिस लाजिम्पाटकी निमा नेपालले हेल्प नेपाल नेटवर्कका अध्यक्ष अरुण सिंह बस्नेतलाई हस्तान्तरण गरेका छन्। बैंकबाट प्राप्त उक्त रकम हेल्प नेपाल नेटवर्कले २०७२ सालको विनाशकारी भूकम्पले क्षति भएको दोलखाको भीमेश्वरस्थित राजकुलेश्वर आधारभूत विद्यालयको भवन पुनर्निर्माण कार्यका लागि उपयोग गर्नेछ। 

नेपालको दुर्गम क्षेत्रको बालबालिकाको शिक्षा तथा स्वास्थ्य क्षेत्रमा टेवा पुर्याउने उद्देश्य रहेको गैरसरकारी संस्था, हेल्प नेपाल नेटवर्कलाई पुर्याएको यस सहयोगबाट बैंकले शिक्षाको क्षेत्रमा केही हदसम्म भए पनि उत्थान पुग्ने र आगामी दिनहरुमा पनि यस्ता संस्थागत सामाजिक उत्तरदायित्वलाई सधैँ आफ्नो उच्च प्राथमिकता दिँदै जानेछ।


Share this with your friends: