सिद्धार्थ बैंकद्वारा नेपाल आँखा अस्पताललाई आर्थिक सहयोग

2021-04-08
सिद्धार्थ बैंकद्वारा नेपाल आँखा अस्पताललाई आर्थिक सहयोग

काठमाण्डौ। सिद्धार्थ बैंक लिमिटेडले आज बिहीबार काठमाण्डौको त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पताललाई टोकन सिस्टम लागू गर्नका लागि सहयोगस्वरुप ५ लाख रुपैयाँ प्रदान गरेको छ। 

उक्त रकम बैंकका प्रमुख कार्यकारी अधिकृत शम्भुनाथ गौतमले नेपाल आँखा अस्पतालका अध्यक्ष डा। गोपाल प्रसाद पोखरेललाई हस्तान्तरण गरेका छन्। बैंकबाट प्राप्त रकम नेपाल आँखा अस्पतालले अस्पतालमा आउने सेवाग्राहीको सुविधा तथा छिटोछरितो सेवा प्रदान गर्नका लागि अस्पतालका विभिन्न ब्लकहरुमा टोकन सिस्टम लागू गर्न उपयोग गर्नेछ। उक्त सिस्टमले अस्पतालमा व्यवस्थित रुपमा सेवा प्रदान गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य, वातावरण तथा अन्य विभिन्न क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आइरहेको छ। आगामी दिनमा पनि यस्ता संस्थागत सामाजिक उत्तरदायित्वलाई सधैँ आफ्नो उच्च प्राथमिकता दिँदै जाने बैंकले जनाएको छ। 


Share this with your friends: