सिद्धार्थ बैंकद्वारा ‘इजी बैंक’ अनलाइन प्लेटफर्म सार्वजनिक

2021-07-01
सिद्धार्थ बैंकद्वारा ‘इजी बैंक’ अनलाइन प्लेटफर्म सार्वजनिक

काठमाण्डौ। सिद्धार्थ बैंक लिमिटेडले ‘इजी बैंक’ नामक अनलाइन प्लेटफर्म सार्वजनिक गरेको छ। बैंकले आफ्ना ग्राहकलाई डिजिटल पद्धतिको बैंकिङ सुविधा उपलब्ध गराउने उद्देश्यले र नेपाल सरकारद्वारा अघि बढाइएको ‘डिजिटल नेपाल’ अभियान कार्यक्रमअन्तर्गत रही यो प्लेटफर्म सार्वजनिक गरेको जनाएको छ । 

यो इजी बैंक प्लाटफर्म सिद्धार्थ बैंकको आधिकारिक वेबसाइट https://www.siddharthabank.com/ मा गई वा सोझै https://easybank.siddharthabank.com/   लिंकमार्फत ग्राहकले प्रयोग गर्न सक्नेछन्। 

यस प्लाटफर्ममा सिद्धार्थ बैंकले प्रक्षेपण गरेका विभिन्न डिजिटल सुविधाहरु एकै ठाउँमा संकलित गरिएको जसले गर्दा ग्राहकले प्रयोग गर्न चाहेका डिजिटल सुविधाहरु सहजताका साथ छनौट गर्न सक्ने बैंकले जनाएको छ ।  

हाल इजी बैंक प्रयोग गरी ग्राहकले अनलाइनबाट खाता खोल्न, डेबिट वा क्रेडिट कार्डका लागि आवेदन दिन सक्नेछन् भने आफ्नो सीआरएन नम्बर हेर्न सक्नेछन्।

इजी बैंक सेवा जुनसुकै समय र स्थानबाट प्रयोग गर्न सकिने हुनाले अहिलेको कोभिड १९ को महामारीको अवस्थामा ग्राहक सुरक्षाको दृष्टिकोणले अझ बढी लाभदायक रहेने बैंकको विश्वास रहेको छ। डिजिटल प्रविधिको सदुपयोग गर्दै ग्राहकलाई छिटो तथा सहज सुविधा उपलब्ध गराउने लक्ष्य लिई बैंकले आगामी दिनमा यस प्लाटफर्ममा अरु पनि बैंकिङ सेवाहरु थप गरी यस प्लाटफमलाई अझ बढी प्रभावकारी र प्रविधिमैत्री बनाउँदै लैजाने बैंकको उद्देश्य रहेको छ।


Share this with your friends: