काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडको कामु(कायम मुकायम)प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सुन्दर प्रसाद कडेल नियुक्त भएका छन् । बैंकको साउन १५ गते बसेको सञ्चालक समितिको बैठकले साउन २६ गतेदेखि लागू गर्ने गरी कडेललाई कामु सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
कडेल बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए । बैंकका सीईओ शम्भुनाथ गौतमको कार्यकाल आगामी साउन २५ गतेदेखि समाप्त हुन गईरहेको छ ।