काठमाण्डौ । सिद्धार्थ इक्विटी फन्डका लागि घोषणा गरिएको नगद लाभांस इकाइधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ ।
सिद्धार्थ बैंक कोष प्रवद्र्धक र सिद्धार्थ क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोविटरी रहेको सिद्धार्थ म्युचुअल फन्डअन्तर्गत सञ्चालित सिद्धार्थ इक्विटी फन्डले आर्थिक वर्ष २०७७/७८ का लागि घोषणा गरेको ३० प्रतिशत नगद लाभांस इकाइधनीहरुको हितग्राही खातामा जम्मा गरिएको हो ।
फन्डले उक्त लाभांस बुक क्लोज हुँदाका बखत आफ्नो हितग्राही खातामा आफ्नो बैंक खाता नम्बर अद्यावधिक गराएका इकाइधनीहरुको बैंक खातामा भदौ ९ गतेदेखि जम्मा गरिएको हो ।
हालसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका इकाइधनीहरुलाई बैंक खाता अद्यावधिक गराउन आग्रह गरिएको छ ।