काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेड र वीरगन्जको बहुअरीस्थित स्पर्श मल्टिस्पेसियालिटी अस्पतालबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ।
उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट वीरगन्ज शाखा प्रबन्धक बाबुराम न्यौपाने तथा स्पर्श मल्टिस्पेसियालिटी अस्पतालका तर्फबाट प्रबन्ध निर्देशक निमेश पल रमनले हस्ताक्षर गरेका छन्।
उक्त सम्झौताअनुसार बैंकका ग्राहकले स्पर्श मल्टिस्पेसियालिटी अस्पतालमा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैैंकिङ, इन्टरनेट बैैंकिङ प्रयोग गरी भुक्तानी गरेबापत विभिन्न सेवा शुल्कमा २५५ सम्मको छुट प्राप्त गर्न सक्नेछन्।
यसले ग्राहकलाई छुटको सुविधा उपलब्ध गर्नुका साथै नगद कारोबारबाट डिजिटल कारोबार गर्न जान उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ। बैंकले डिजिटल बैंकिङ माध्यमको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको छ।