काठमाण्डौ । सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा इन्द्र बहादुर थापा निर्वाचित भएका छन् । थापा कम्पनीको भदौ १८ गते सम्पन्न वार्षिक साधारण सभाबाट अध्यक्षमा निर्वारोध निर्वाचित भएका हुन् ।
कम्पनीको सोहि दिन बसेको सञ्चालक समितिको बैठकले थापालाई अध्यक्षमा चयन गरेको छ । यसका साथै उक्त बैठकले सुरेन्द्र बहादुर खड्कालाई प्रबन्ध सञ्चालकमा नियुक्त गरेको छ ।
कम्पनीको सञ्चालकमा निर्वाचित हुनेमा अरुण सिंह बस्नेत, प्रकाश कुमार अधिकारी, गोपाल प्रसाद आर्चाय र निरु केसी(कार्की) रहेका छन् ।