काठमाण्डौ । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडले नियुक्त भएको छ।
बिक्री प्रबन्धक नियुक्तीमा सिनर्जी पावर र सानिमा क्यापिटलबीच सम्झौता भएको हो। सम्झौतापत्रमा सिनर्जी पावरका प्रबन्ध सञ्चालक सुरेन्द्रबहादुर खड्का र सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत भीष्मराज चालिसेले हस्ताक्षर गरेका छन्।
सिनर्जी पावर गत आर्थिक वर्षको बोनस सेयर जारीपश्चात कायम हुने चुक्तापुँजी ८० करोड ६५ लाख ७५ हजार रुपैयाँको हकप्रद सेयर जारी गर्ने तयारी गरेको छ। कम्पनीले २ः१ अनुपातमा ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद जारी गर्ने तयारी गरेको छ।