सिन्धु विकास बैंकका सीईओको राजीनामा स्वीकृत, कामु सीईओमा गिरी नियुक्त

2021-09-30
सिन्धु विकास बैंकका सीईओको राजीनामा स्वीकृत, कामु सीईओमा गिरी नियुक्त

काठमाण्डौ । सिन्धु विकास बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ)रमेश कुमार जोशीले दिएको राजीनामा स्वीकृत भएको छ । बैंकको असोज १३ गते बुधबारका दिन बसेको सञ्चालक समितिको बैठकले जोशीको राजीनामा स्वीकृत गरेको हो । 

व्यक्तिगत कारण खुलाई दिएको जोशीको राजीनामा कात्तिक १ गतेदेखि लागूहुने गरी स्वीकृत गरिएको हो । 

यसका साथै सोहि दिन बसेको सञ्चालक समितिको बैठकले बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा राम कुमार गिरीलाई नियुक्त गर्ने निर्णय गरेको छ । उनलाई कात्तिक १ गतेदेखि लागूहुने गरी कामु सीईओमा नियुक्त गरिएको हो । 


Share this with your friends: