काठमाण्डौ । सिभिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सीईओ) गोविन्द गुरुङद्वारा दिइएको राजीनामा स्वीकृत भएको छ। बैंकको वैशाख ५ गते बसेको सञ्चालक समितिको बैठकले गुरुङद्वारा प्रस्तुत राजीनामा स्वीकृत गरेको हो।
बैठकले आगामी वैशाख १८ गतेदेखि लागू हुने उनको राजीनामा स्वीकृत गरेको हो। यसका साथै उक्त बैठकले अर्काे निर्णय नभएसम्मका लागि बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेललाई कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको छ। उनलाई वैशाख १८ गतेदेखि लागू हुने गरी बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरिएको बैंकले जनाएको छ।