काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले रुपन्देही जिल्लाको देवदहमा थप १ वटा नयाँ शाखा कार्यालय स्थापना गरेको छ।
नयाँ शाखा स्थापनासँगै संस्थाको २९ जिल्लामा शाखा संख्या ६३ पुगेको छ ।
‘समृद्धिको सहयात्री’ नारा लिई संस्थाले विपन्न वर्गका समुदायहरुको समृद्धिमा टेवा पुर्याउने उद्देश्यका साथ आफ्नो सेवाहरु ५० हजार घर परिवारमा पुर्याएको जनाएको छ ।
वित्तीय संस्थाले लघु उद्यम व्यवसाय सञ्चालन गराउन न्यून आय तथा विपन्नवर्गका व्यक्तिहरुलाई संस्थाको सदस्यता दिई विना धितो सामूहिक जमानीमा वा स्वीकारयोग्य धितोमा साथै समूहमा आबद्ध हुन नसकेका व्यक्तिहरुलाई समेत स्वीकारयोग्य धितो लिई सरल तरिकाबाट वित्तीय पहुँच पुर्याउँदै आइरहेको छ। यसका साथै संस्थाले लघु बचत, लघुबीमा, विप्रेषण सेवाहरु उपलब्ध गराउँदै स्वास्थ्य, शिक्षा तथा वित्तीय साक्षरताजस्ता गैरवित्तीय सेवाहरुसमेत उपलब्ध गराउँदै आइरहेको छ।
सिभिल लघुवित्त काठमाण्डौमा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरकोको लुघवित्त वित्तीय संस्था हो । यो सिभिल बैंक लिमिटेडको सहायक कम्पनी हो ।