काठमाण्डौ। सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले झापा जिल्लाको भद्रपुर नगरपालिकास्थित सोमबारेमा ६५ औं शाखा कार्यालय सञ्चालनमा ल्याएको छ।
यसका साथै संस्थाले आफ्ना सेवाहरु ५२ हजार घर परिवारमा पुर्याएको छ।
आगामी दिनमा अन्य स्थानमा समेत शाखा कार्यालय सञ्चालनमा ल्याई लघुवित्तीय सेवाहरुको पहुँच विस्तार गर्ने लक्ष्य संस्थाले राखेको छ।