सिभिल बैंकद्वारा महेन्द्रनगरमा ११५ औँ शाखा सञ्चालन

2021-08-19
 सिभिल बैंकद्वारा महेन्द्रनगरमा ११५ औँ शाखा सञ्चालन

काठमाण्डौ । सिभिल बैंकले शाखा कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा आफ्नो ११५ औँ शाखा संचालनमा ल्याएको छ। 
उक्त शाखाको उद्घाटन भीमदत्त नगरपालिका नगर प्रमुख सुरेन्द्र विष्टले गरे। 

शाखा उद्घाटन गर्दै शुभकामना दिदै कार्यक्रमका प्रमुख अतिथि तथा भीमदत्त नगरपालिका नगर प्रमुख सुरेन्द्र विष्टले महेन्द्रनगरमा वित्तीय पहुँच वृद्धि गर्नका साथै वित्तीयस्तर बढाउन यस शाखाले टेवा पुर्याउने बताए। व्यापार–व्यवसाय विस्तार तथा रोजगारी सिर्जनाका लागि अनुकूल वातावरणलाई प्रोहत्साहन गरेकोमा बैंकलाई धन्यवाद दिँदै उक्त क्षेत्रका बासिन्दालाई आफूलाई आवश्यक पर्ने पुँजीका लागि बैंकबाट कर्जा लिई आफ्नो व्यवसाय विस्तार गर्न तथा आफूसँग भएको सानो–सानो पुँजीलाई पनि बैंकमा राखी निर्धक्क भई ब्याज आर्जन गर्न आग्रह गरे। 

बैंकले हालसम्म करिब ६ लाख ग्राहकलाई ११५ शाखा, १० एक्सटेन्सन काउन्टर तथा ८६ एटीएममार्फत सम्पूर्ण बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै करिब रु। ९२ अर्ब निक्षेप परिचालन गरी रु. ८५ अर्बभन्दा बढी कर्जा लगानी गरिसकेकोे छ। 


Share this with your friends: