सिभिल लघुवित्तद्वारा तौलिहवामा शाखा सञ्चालन

2021-09-02
सिभिल लघुवित्तद्वारा तौलिहवामा शाखा सञ्चालन

काठमाण्डौ। काठमाण्डौमा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले कपिलवस्तुको तौलिहवामा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। 

नयाँ खोलिएको शाखा कार्यालयसहित संस्थाले २९ जिल्लामा ६६ वटा शाखा कार्यालयमार्फत लघुवित्तीय सेवाहरु प्रदान गर्दै आइरहेको छ। 

यसका साथै यस वित्तीय संस्थाले आगामी दिनमा अन्य स्थानहरुमा समेत शाखा कार्यालयहरु सञ्चालनमा ल्याई लघुवित्तीय सेवाहरुको पहुँच विस्तार गर्ने लक्ष्य राखेको छ। 

यो लघुवित्त संस्था सिभिल बैंकको सहायक कम्पनी हो।


Share this with your friends: