सिभिल बैंकको ऋणपत्र बाँडफाँड

2021-12-30
सिभिल बैंकको ऋणपत्र बाँडफाँड

काठमाण्डौ । सिभिल बैंक लिमिटेडको ऋणपत्र बाँडफाँड गरिएको छ । बैंकद्वारा गत मंसिर २४ गतेदेखि पुस ७ गतेसम्म जारी गरिएको ३ अर्ब रुपैयाँबराबरको ‘ सिभिल बैंक डिबेन्चर २०८८’ नामक ऋणपत्र पुस १४ गते बाँडफाँड गरिएको हो । 


रितपूर्वक आवेदनहरु दिने सम्पूर्ण आवेदकहरुलाई ऋणपत्र बाँडफाँड गरिएको बैंकले जनाएको छ । 

बैंकले गत मंसिर २४ गतेदेखि पुस ७ गतेसम्म १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख कित्ता भएको १० वर्षे अवधिको ऋणपत्र निष्कासन गरेको थिया ।  

कुल निष्कासनमध्ये १८ लाख इकाइ व्यक्तिगत तवरबाट र बाकीँ १२ लाख इकाइ भने आम सर्वसाधारणका लागि निष्कासन गरिएको थियो।  सर्वसाधारणका लागि निष्कासन गरिएको कुल ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार इकाइ सामूहिक लगानी कोषलाई बाँडफाँड गरी बाँकी रहेको ११ लाख ४० हजार इकाइ सर्वसाधारणका लागि निष्कासन गरिएको थियो । 


Share this with your friends: