काठमाण्डौ । सिभिल बैंक लिमिटेडको ऋणपत्र नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ। बैंकको अंकित तथा चुक्तामूल्य रु १००० कायम भएका ३० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो।
‘सिभिल बैंक डिबेन्चर २०८८’ नामक यो ऋणपत्र धितोपत्र सूचीकरण नियमावली २०७५ बमोजिम गत चैत २३ गतेको निर्णय बमोजिम सूचीकरण गरिएको हो।
यससँगै आज(चैत २९ गते) नेप्से र बैंकबीच ऋणपत्र सूचीकरण सम्झौता सम्पन्न भएको छ।
बैंकले गत मंसिर २४ गतेदेखि पुस ७ गतेसम्म १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख कित्ता भएको १० वर्षे अवधिको ऋणपत्र निष्कासन गरेको थिया ।
कुल निष्कासनमध्ये १८ लाख इकाइ व्यक्तिगत तवरबाट र बाकीँ १२ लाख इकाइ भने आम सर्वसाधारणका लागि निष्कासन गरिएको थियो। सर्वसाधारणका लागि निष्कासन गरिएको कुल ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार इकाइ सामूहिक लगानी कोषलाई बाँडफाँड गरी बाँकी रहेको ११ लाख ४० हजार इकाइ सर्वसाधारणका लागि निष्कासन गरिएको थियो ।