काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। संस्थाको पुस २७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।
बैठकले ३.५ प्रतिशत बोनस सेयर र ०.१८४२१ प्रतिशत नगद लाभांस गरी कुल ३.६८४२१ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ। संस्थाद्वारा प्रस्तावित कुल लाभांसमा २०७७ असार सम्म कायम चुक्तापूँजी ११ करोड ९८ लाख १९ हजार ७ सय रुपैयाँ र हकप्रद सेयर पश्चात कायम भएको कुल चुक्तापूँजी २३ करोड ३९ लाख ३३ हजार ७ सय रुपैयाँ को ३.५ प्रतिशतले हुन आउने ८१ लाख ८७ हजार ६७९.५० रुपैयाँ बराबरको बोनस सेयर र ०.१८४२१ प्रतिशतले हुन आउने ४ लाख ३० हजार ९३०.५० रुपैयाँ बराबरको नगद लाभांस(कर प्रयोजनका लागि) रहेका छन्।
यो लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि संस्थाको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीलाई वितरण गरिनेछ।