सिवाईसी नेपाल लघुवित्तद्वारा आईपीओ निष्कासनका तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटर्ल नियुक्त

2021-07-09
सिवाईसी नेपाल लघुवित्तद्वारा आईपीओ निष्कासनका तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटर्ल नियुक्त

काठमाण्डौ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासनका लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । संस्थाले ३.९५ करोड रुपैयाँबराबरको आईपीओ निष्कासनका लागि ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो। 

संस्थाले रु. १०० अंकित दरका ३ करोड ९५ लाख ३३ हजार ५०० रुपैयाँबराबरको ३ लाख ९५ हजार ३३५.९७०४ कित्ता आईपीओ आईपीओ निष्कासन गर्न लागेको हो । 
बिक्री प्रबन्धक नियुक्ती सम्झौतापत्रमा सिवाईसी नेपाल लघुवित्तका प्रबन्ध सञ्चालक डोलिन्द्रप्रसाद शर्मा र ग्लोबल आइएमई क्यापिटलका नायब प्रमुख कार्यकारी अधिकृत पराग बिष्टले हस्ताक्षर गरेका छन्। 

बागलुङ जिल्लाको बाग्लुङ बजारमा केन्द्रीय कार्यालय रहेकोे राष्ट्रियस्तरको यो लघुवित्तले हालैमात्र म्याग्दी जिल्लाको बेनीमा केन्द्रीय कार्यालय राखी गण्डकी प्रदेशमा मात्र लघुवित्त कारोबार गरिरहेको शालिग्राम लघुवित्त वित्तीय संस्थालाई नेपाल राष्ट्र बैकको स्वीकृति लिई प्राप्ति गरेको थियो। प्राप्तिपश्चात संस्थाको अधिकृत पुँजी २० करोड रुपैयाँ र जारी पुँजी १२ करोड १६ लाख ४१ हजार ८ सय ३७।०४ रुपैयाँ रहेको छ। संस्थापक समूहको ६७।५० प्रतिशत सेयर रहेको संस्थामा एउटा संस्थासहित ९९ जना संस्थापक सेयरधनीहरुबाट ८ करोड २१ लाख ८ हजार २४० रुपैयाँबराबरको सेयरपुँजी चुक्ता भइसकेको छ।  

संस्थाले हाल ३७ वटा शाखा कार्यालयमार्फत राष्ट्रियस्तरमा ४७ हजारभन्दा बढी विपन्न परिवारलाई समूहमा आबद्ध गरी वित्तीय सेवा दिँदै आइरहेको छ। विगत २१ वर्षदेखि नेपाल राष्ट्र बैंकबाट वित्तीय मध्यस्थकर्ताको कारोबार गर्ने इजाजत लिई लघुवित्तीय कारोबार गर्दै आइरहेको चारतारे युवा क्लब नेपालले नेपाल राष्ट्र बैंकबाट सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नाममा मिति २०७५ साल माघ २८ गते इजाजतपत्र प्राप्त गरी २०७५ चैत १ गतेका दिनदेखि सम्पूर्ण वित्तीय कारोबारहरु यथावत रुपमा सञ्चालन गर्दै आएको छ। 


Share this with your friends: