सिवाईसी नेपाल र शालिग्राम लघुवित्तको एकिकृत कारोबार असार २९ देखि

2021-07-11
सिवाईसी नेपाल र शालिग्राम लघुवित्तको एकिकृत कारोबार असार २९ देखि

काठमाण्डौ । शालिग्राम लघुवित्त वित्तीय संस्थालाई सफलतापूर्वक प्राप्ति गरेको सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी असार २९ गतेदेखि एकिकृत कारोबार सुरु गर्ने भएको छ । संस्थाले प्राप्तिपश्चात कायम भएको ‘सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड’को नामबाट एकिकृत कारोबारको सुरुवात गर्ने भएको हो ।    

सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले शालिग्राम लघुवित्तलाई प्राप्ति गर्ने प्रस्ताव दुवै संस्थाको गत जेठ १४ गते अलग अलग सम्पन्न  विशेष साधारण सभाबाट पारित गरिएको थियो ।  साधारण सभाबाट पारित भएको विशेष प्रस्तावलाई नेपाल राष्ट्र बैंकले गत असार १५ गते अन्तिम स्वीकृती प्रदान गरेको थियो। यसपश्चात कम्पनीको रजिष्ट्रारको कार्यालयले गत असार २५ गते दुई कम्पनीबीच भएको प्राप्ति सम्झौतालाई अन्तिम स्वीकृती प्रदान गरेको थियो। 

प्राप्तिपश्चात सिवाईसी नेपाल लघुवित्तको केन्द्रिय कार्यालय बाग्लङु जिल्ला, बाग्लुङ नगरपालिका वडान ३ समिक्षालयरोडमा  कायम रहने छ । 


Share this with your friends: