काठमाण्डौ । सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओमा आवेदन दिन आज(वैशाख २१ गते) अन्तिम दिन रहेको छ । कम्पनीले गत वैशाख १७ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ प्रतिकित्ता रु १०० अंकित दरको २५ लाख १८ हजार २३० कित्ता साधारण शेयरमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको हो ।
कुल निष्कासनमध्ये २५ अर्थात ५० हजार ३६५ कित्ता सेयर कर्मचारी र ५५ ले हुने १ लाख २५ हजार ९११ कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको छ । बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सकिने छ ।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले सि–आस्वा प्रणालीमार्फत आवेदन संकलन गर्न सक्ने आवद्ध आस्वा सेवामा सहभागी बैंक तथा तीनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।
धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा सनराइज क्यापिटल लिमिटेड रहेको छ।
यस कम्पनीको लगानी रहेको लमजुङ जिल्लामा ४।४० मेगावटको राधी विद्युत कम्पनी र ०।१८ मेगावटको स्यागे खोला जलविद्युत आयोजना गरी २ वटा हाइड्रोपावर परियोजना सञ्चालन भइरहेको छ । कम्पनीको लगानी रहेको राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रकशन लिमिटेड, दोर्दी खोला जलविद्युत लिमिटेड तथा खारे खोला जलविद्युत कम्पनी लिमिटृड गरी ३ वटा आयोजनाहरु निमार्ण भइरहेको छ । साथै कम्पनीको लगानी रहेको संखुवासभा मकालु गाउँपालिका–०२ मा ४५ मेगावटको कसुवा खोला जलविद्युत आयोजना पनि निर्माण गर्ने क्रममा रहेको छ ।
कम्पनीले सन् २००९ मा स्थापना सीइडीबी हाइड्रोपावर लिमिटेडको चालु आ.ब. मा प्रति शेयर आम्दानी १३.०५ र प्रति शेयर खुद सम्पत्ति १३८.७९ रहेको छ । कम्पनीले आ.व. २०७५/०७६ मा १०.५४ प्रतिशत र २०७६/०७७ मा ७.३७ प्रतिशत नगद लाभाँश बितरण गर्न सफल रहेको छ भने कम्पनीले आगामी आ।ब। मा पनि लाभांश प्रदान गर्ने समेत प्रक्षेपण गरेको छ ।साधारण शेयर बिक्रीपछि संस्थापक र सर्वसाधारणको सेयर अनुपात ७०ः३० कायम हुनेछ । हाल यस कम्पनीको चुक्ता पुँजी ५८ करोड ७५ लाख ९० हजार छ । साधारण शेयर बिक्री पश्चात कम्पनीको चुक्ता पुँजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँ हुनेछ ।