काठमाण्डौ । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आईपीओ निष्कासनको अनुमति प्राप्त गरेको छ। नेपाल धितोपत्र बोर्ड(सेबोन)ले आज(वैशाख २ गते) कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको हो।
बोर्डबाट अनुमति पाएपश्चात अब कम्पनीले २५ लाख १८ हजार २३० कित्ता आईपीओ निष्कासन गर्नेछ। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा सनराइज क्यापिटल लिमिटेड रहेको छ।