सीबीआईएल क्यापिटलद्वारा वार्षिक साधारण सभा आह्वान

2021-09-28
सीबीआईएल क्यापिटलद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । सीबीआईएल क्यापिटल मार्केट लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको १५ औँ वार्षिक साधारण सभा डाकेको हो । 

बैठकले आगामी कात्तिक ५ गते शुक्रबारका दिन काठमाण्डौ डिल्लीबजारमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्ताव गरिएको २५ प्रतिशत नगद लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ । 

यस्तै सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । यस्तै लेखापरीक्षकको प्रतिवेदनसहित २०७८ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०७८र७९ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव सेमत पारित गरिनेछ । 

वार्षिक साधारण सभाका लागि कम्पनीले असोज २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । 


Share this with your friends: