सीवाईसी नेपाल लघुवित्तले आईपीओ निष्कासन गर्ने, बोर्डसँग माग्यो अनुमति

2021-10-01
सीवाईसी नेपाल लघुवित्तले आईपीओ निष्कासन गर्ने, बोर्डसँग माग्यो अनुमति

काठमाण्डौ । सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ । कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै असोज ११ गते आवेदन दिएको हो । 

कम्पनीले ३ करोड ९५ लाख ३३ हजार ६ सय रुपैयाँको रु.१०० अंकित दरका ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ निष्कासनको अनुमति माग गरेको हो । 

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । 


Share this with your friends: