काठमाण्डौ । सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको मंसिर २२ गते बसेको सञ्चालक समितिको बैठकले संस्थाको नवौँ वार्षिक साधारण सभा डाकेको हो।
बैठकले आगामी पुस १६ गते शुक्रबारका दिन स्याङजा जिल्ला पुतलीबजार नगरपालिकामा रहेको सहयात्री पार्टी प्यालेसमा सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा संस्थाद्वारा प्रस्तावित २० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित गरिनेछ।
यस्तै सभामा ओमी लघुवित्तसँग १ः१ सेयर स्वाप अनुपातमा एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्तिको सम्पूर्ण कार्यका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ। यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आ.व २०७७/७८ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। सभामा लेखापरीक्षकको प्रतिवेदन सहितको आ।व २०७७/७८ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ।