काठमाण्डौ । सूर्योदय लघुवित्तलाई गाभेको वोमी लघुवित्तले आगामी चैत १९ गतेदेखि सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकिकृत कारोबार सुरु गर्ने भएको छ ।
वोमी लघुवित्त वित्तीय संस्थाले सूर्योदय लघुवित्तलाई प्राप्ति गर्ने प्रस्ताव दुवै संस्थाको गत पुस १६ गते बसेको अलग अलग सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरिएको थियो ।
प्राप्तिपश्चात कायम सूर्योदय वोमी लघुवित्त लघुवित्त वित्तीय संस्था लिमिटेडको केन्द्रिय कार्यालय बागमति प्रदेश काभ्रेपलञ्चोक जिल्ला बनेपा नगरपालिका वडा न.१३ साँगामा रहने छ ।