सूर्योदय वोमी लघुवित्तको सेयर रजिष्ट्रारमा कुमारी क्यापिटल नियुक्त

2022-04-20
सूर्योदय वोमी लघुवित्तको सेयर रजिष्ट्रारमा कुमारी क्यापिटल नियुक्त

काठमाण्डौ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिष्ट्रारमा कुमारी क्यापिटल लिमिटेड नियुक्त भएको छ । संस्थाको सञ्चालक समितिको वैशाख ६ गते बसेको बैठकले कुमारी क्यापिटललाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो । 

यससँगै अब संस्थाको धितोपत्र सम्बन्धि अभिलेख राख्ने, दाखिल खारेज, नामसारी रोक्का राख्ने लगायतका सेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने सम्बन्धि सम्पूर्ण कार्य कुमारी क्यापिटलले गर्नेछ । 


Share this with your friends: