सेञ्चुरी क्यापिटल मार्केटद्वारा वार्षिक साधारण सभा आह्वान

2021-09-19
सेञ्चुरी क्यापिटल मार्केटद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । सेञ्चुरी क्यापिटल मार्केट लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको ५ औँ वार्षिक साधारण सभा डाकेको हो । 

बैठकले आगामी असोज २४ गते आइतबारका दिन काठमाण्डौ कमलादीमा रहेको आर्यतारा भवनमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्ताव गरिएको ६.२५ प्रतिशत नगद लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ । 

यस्तै सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । यस्तै लेखापरीक्षकको प्रतिवेदनसहित २०७८ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव सेमत पारित गरिनुका साथै संस्थागत समूह(ख)बाट १ जना सञ्चालकको निवाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ । 


Share this with your friends: