काठमाण्डौ । अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ ले सेन्चुरी बैंक खाता ‘खल्ती’ सँग लिंक गर्ने जोकोहीले रु। १०० बोनस प्राप्त गर्ने भएको छ। यसका साथै एक भाग्यशाली प्रयोगकर्ताले सामसुङ स्मार्टफोन जित्ने मौका पाउनेछन्।
यो बोनस अफर पहिलोपटक सेन्चुरी बैंक अकाउन्ट ‘खल्ती’ सँग लिंक गर्ने प्रयोगकर्ताको हकमा मात्र लागू हुन्छ। प्रयोगकर्ता केवाईसी प्रमाणित प्रयोगकर्ता हुनुपर्नेछ।
त्यसैगरी प्रयोगकर्ताको ‘खल्ती’ वालेट र बैंक अकाउन्टमा दाखिला गरिएको मोबाइल नम्बर एउटै हुनुपर्नेछ। केही सेकेन्डमै आफ्नो बैंक लिंक गरी उक्त लिंक गरिएको सेन्चुरी बैंक अकाउन्टबाट ‘खल्ती’ मा बिना लोड भुक्तानी तुरुन्तै गर्न सकिन्छ।
यो रु। १०० बोनस अफर मंसिर ३ देखि ४ पुस २०७८ सम्म ‘खल्ती’ सँग सेन्चुरी बैंक लिंक गर्ने जोकोहीलाई लागू हुन्छ।
अफरका बारेमा ‘खल्ती’ डिजिटल वालेटका मार्केटिङ अफिसर साकार केसीले भने, ‘हामीले मानिसहरुलाई डिजिटल भुक्तानीहरु प्रयोग गर्न प्रोत्साहित गर्न यो बोनस ल्याएका छौँ। अब ग्राहकले पटक–पटक पैसा लोड गर्ने झन्झट झेल्नुपर्दैन। धेरै मानिसहरु यो सेवालाई बढी रुचाउँछन्। किनकि यसले उनीहरुलाई लिंक गरेको एक बैंकबाट कुनै पनि बैंकमा सेकेन्डमै पैसा पठाउन सकिन्छ।’