सेन्ट्रल फाइनान्सद्वारा लाभांस वितरणको प्रस्ताव

2020-12-28
सेन्ट्रल फाइनान्सद्वारा लाभांस वितरणको प्रस्ताव

काठमाण्डौ । सेन्ट्रल फाइनान्स लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। कम्पनीको पुस १२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो। 

बैठकले गत आर्थिक वर्ष २०७६/७७ मा बाँडफाँडका लागि उपलब्ध मुनाफाबाट चुक्तापूँजीको ७ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांस गरी कुल १० प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो। कम्पनीद्वारा प्रस्तावित कुल १० प्रतिशत लाभांसमा चुक्तापूँजी ८२ करोड ३३ लाख ९७ हजार ८५९ रुपैयाँको ७ प्रतिशतले हुन आउने ५ करोड ५६ लाख ३७ हजार ८५०.१३ रुपैयाँ बराबरको बोनस सेयर र ३ प्रतिशतले हुन आउने २ करोड ४७ लाख १ हजार ९३५.७७ रुपैयाँ बराबरको नगद लाभांस रहेका छन्। 

यो लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि कम्पनीको आगामी २४ औँ वार्षिक साधारण सभाबाट अनुमोदन गरी सेयरधनीलाई वितरण गरिनेछ। 

 


Share this with your friends: