काठमाण्डौ । सेन्ट्रल फाइनान्स लिमिटेडको नगद लाभांस सेयरधनीको हितग्राही खातामा जम्मा गरिएको छ। कम्पनीको गत माघ २२ गते सम्पन्न वार्षिक साधारण सभाबाट गत आ.व का लागि चुक्ता पूँजीको ३ प्रतिशतका दरले नगद लाभांस वितरण गर्ने प्रस्ताव गरे बमोजिम सेयरधनीको हितग्राही खातामा जम्मा गरिएको हो।
कम्पनीले आजदेखि एनएमबी क्यापिटल लिमिटेड नागपोखरी काठमाण्डौबाट सम्बन्धित सेयरधनीको हितग्राही खातामा उपलब्ध गराएको बैंक खातामा जम्मा/भुक्तानी गर्ने व्यवस्था गरिएको जनाएको छ। यसका साथै साधारण सभाबाट पारित भएको ७ प्रतिशत बोनस सेयरलाई सूचीकरण भए पश्चात सम्बन्धित सेयरधनीको खातामा जम्मा गरिने कम्पनीले जनाएको छ।
हितग्राही खातामा बैंक खाताको विवरण अद्यावधिक नगराएका सेयरधनीलाई हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएमा नगद लाभांस सोहि खातामा जम्मा गरिने कम्पनीले जनाएको छ।