काठमाण्डौ । साताको चौथो कारोबार दिन आज बीमा समूहहरुमा उछाल आयो। आज जीवन बीमा समूह ६०८.७३ अंकले बढ्दै १२८६४.९५ को उचाईमा पुग्यो।
जीवन बीमा समूह जस्तै आज निर्जीवन बीमा समूहमा बढोत्तरी आयो। आज निर्जीवन बीमा समूह २४४.८२ अंकले बढ्दै १००७९ को उचाईमा पुग्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। बीमा कम्पनीतर्फ आज नेको इन्स्योरेन्स र नेपाल पुनर्बीमा कम्पनीको सेयरमूल्य १० प्रतिशतको हाराहारीमा बढे। आज नेको इन्स्योरेन्सको सेयरमूल्य ११६ रुपैयाँले बढ्दै प्रतिकित्ता १२८२ रुपैयाँ कायम भयो। त्यस्तै पुनर्बीमा कम्पनीको सेयरमूल्य १५९ रुपैयाँले बढ्दै प्रतिकित्ता १७५८ रुपैयाँ कायम भयो।
आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीको रुपमा हिमालयन जनरल इन्स्योरेन्स कम्पनी रह्यो। आज यो कम्पनीको सेयरमूल्य १.९३ अंकले घट्दै प्रतिकित्ता ६६२ रुपैयाँ कायम भयो।
बजारमा अरु के–के भयो ?
आज नेप्से परिसूचकमा उछाल आयो। परिसूचक ७०.६२ अंकको उछाल आउँदै २०७१.०२ को बिन्दुमा पुग्यो। यो दिन बजारमा २०१ कम्पनीका १ करोड ५५ लाख ६४ हजार ४२७ कित्ता सेयर ७ अर्ब ४६ करोड ३४ लाख ८२ हजार ९७२ रुपैयाँमा किनबेच भयो।
आज व्यापार समूह बाहेक अन्य सबै समूहमा हरियाली छायो। बैंकिङ समूह ६.३८ अंकले बढेको यो दिन होटल ५१.१६, विकास बैंक २२.५९, हाइड्रोपावर ८८.९९, वित्त ३.७६, उत्पादन तथा प्रशोधन ३०३.१२, अन्य १४०.८९, लघुवित्त २३२.५६ र म्युचुअल फन्ड ०.०४ अंकले बढे।
आज १६ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। यो दिन छिमेक लघुवित्त, लक्ष्मी लघुवित्त, हिमालयन डिस्टिलरी, विजय लघुवित्त, सान्जेन जलविद्यूत्, जनउत्थान सामुदायिक लघुवित्त, एनएमबी लघुवित्त, मिथिला लघुवित्त र नेरुडे लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढेका छन्।
यसैगरी साना किसान लघुवित्त, विशाल बजार कम्पनी, एनआरएन लघुवित्त, उन्नति सहकार्य लघुवित्त, नेपाल टेलिकम, साधना लघुवित्त र नेको इन्सुरेन्सको सेयरमूल्य पनि १० प्रतिशतका हाराहारीमा वृद्धि भयो।
यो दिन युनिलिभर नेपालको सेयरधनीहरुले सर्वाधिक धेरै गुमाएका छन्। यो कम्पनीको सेयरमूल्य ५ प्रतिशत बढीले घट्यो।
यो दिन नेपाल टेलिकमको सर्वाधिक ४० करोड ७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल लाइफ इन्स्योरेन्सको ३० करोड ६२ लाख रुपैयाँबराबरको कारोबार भएको आज नबिल बैंकको २२ करोड ८० लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको २२ करोड १५ लाख रुपैयाँ, नेसनल लाइफ इन्स्योरेन्सको १९ करोड ९८ लाख रुपैयाँ, नेको इन्सुरेन्सको १८ करोड ६७ लाख रुपैयाँ, नागरिक लगानी कोषको १६ करोड ३६ लाख रुपैयाँ, चिलिमे हाइड्रोपावरको १६ करोड २९ लाख रुपैयाँ, नेपाल बैंकको १६ करोड २६ लाख रुपैयाँ र नेपाल पुनर्बीमा कम्पनीको १४ करोड ३९ लाख रुपैयाँ बढीको कारोबार भयो।