काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक ३७२.१ अंकले घट्दै १३६३६४.७६ बिन्दुमा सीमित भयो। यो दिन निर्जीवन बीमा उपसूचक पनि २५१.१२ अंकले घट्दै ११२२५.१९ बिन्दुमा झर्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा दुईवटा बीमा कम्पनी परे। आज अजोड इन्स्योरेन्सको सेयरमूल्य ०.८५ प्रतिशतले बढ्दै प्रतिकित्ता ६९० रुपैयाँ कायम भयो। सिद्धार्थ इन्स्योरेन्सको सेयरमूल्य पनि ०.८४ प्रतिशतले बढ्दै प्रतिकित्ता ८४२ रुपैयाँ कायम भयो।
त्यस्तै आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। बीमातर्फ आज प्रभु इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो। कम्पनीको सेयरमूल्य ४.९२ प्रतिशतले घट्दै प्रतिकित्ता ५२२ रुपैयाँ कायम भयो। प्राइम लाइफको सेयरमूल्य ४.६७, गुराँस लाइफ ४.५० र नेको इन्स्योरेन्सको सेयरमूल्य ४.३६ प्रतिशतले घट्यो।
बजारमा अरु के–के भयो ?
आज नेप्से परिसूचकमा पहिरो आयो। परिसूचक ७२.३० अंकले घट्दै २५१३.८८ बिन्दुमा सीमित भयो। यो दिन बजारमा २२६ कम्पनीका ८९ लाख २० हजार ८९४ कित्ता सेयर ४ अर्ब ९ करोड ६ लाख ६५ हजार ३२५ रुपैयाँमा किनबेच भयो।
आज बजारमा सबै उपसूचकमा गिरावट आयो। बैंकिङ उपसूचक ४०.७३ अ.कले घटेको आज व्यापार ११८.०३, होटल एण्ड टुरिजम ८२.५९, विकास बैंक २०३.०१, हाइड्रोपावर ९६.९४, वित्त १०८.५४, उत्पादन तथा प्रशोधन १२४.९२, अन्य ७१.६९, लघुवित्त १३१.५७, म्युचुअल फन्ड ०.२३ र लगानी उपसूचक २.७ अंकले घट्यो।
आज न्यादी हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक बढ्यो। कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढ्दै प्रतिकित्ता ४५४ रुपैयाँ कायम भयो। यसैगरी नयाँ सारथी लघुवित्तको सेयरमूल्य ४.०४, मैलुङ खोला जलविद्युत कम्पनी ३.८१ र युनिलिभर नेपाल लिमिटेडको सेयरमूल्य ३.५६ प्रतिशतले घट्यो।
आज आइसीएफसी फाइनान्स कम्पनीको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। कम्पनीको सेयरमूल्य ८.३२ प्रतिशतले घट्यो। त्यस्तै सबैको लघुवित्तको सेयरमूल्य ८.१७, कर्णाली डेभलपमेन्ट बैंक ६.८९ र ग्रिन डेभलपमेन्ट बैंकको सेयरमूल्य ६.२५ प्रतिशतले घट्यो।
यो दिन नेसनल हाइड्रोपावर कम्पनीको सर्वाधिक सेयर कारोबार भयो। आज कम्पनीको २८ करोड ६२ लाख बढीको सेयर कारोबार भयो।