सेयर बजारमा यो साता कस्तो रह्यो बीमा कम्पनीहरुको प्रदर्शन ?

2020-12-25
सेयर बजारमा यो साता कस्तो रह्यो बीमा कम्पनीहरुको प्रदर्शन ?

काठमाण्डौ । यो साता अधिकांस बीमा कम्पनीहरुको सेयरमूल्यमा गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा कारोबार भएका अधिकांस जीवन बीमा र निर्जीवन बीमा समूहका कम्पनीहरुको सेयरमूल्यमा यो एक साताको अवधिमा गिरावट आएको हो। 

यो साता दुईवटा जीवन बीमा कम्पनीको सेयरमूल्यमा मात्रै बढोत्तरी आयो। जीवन बीमातर्पmए एक साताको अवधिमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य सर्वाधिक वृद्धि भयो। गत साताको अन्तिम कारोबार दिन २१९५ रुपैयाँ रहेको यो कम्पनीको सेयरमूल्य यो साताको अन्तिम कारोबार दिन प्रतिकित्ता २३४० रुपैयाँको उचाईमा पुग्यो। यसरी एक साताको अवधिमा यो कम्पनीको सेयरमूल्य १४५ रुपैयाँले बढ्यो। 

त्यस्तै यो एक साताको अवधिमा नेशनल लाइफ इन्स्योरेन्सको सेयरमूल्य पनि ८६ रुपैयाँले बढ्यो। गत साता प्रतिकित्ता १०४० रुपैयाँ रहेको कम्पनीको सेयरमूल्य यो साताको अन्तिम कारोबार दिन आईपुग्दा प्रतिकित्ता ११२६ रुपैयाँ कायम भयो। 

जीवन बीमातर्फ यो साता सबैभन्दा धेरै गिरावट प्राइम लाइफ इन्स्योरेन्सको सेयरमूल्यमा आयो। गत साताको अन्तिम कारोबार दिन ८४५ रुपैयाँ रहेको यो कम्पनीको सेयरमूल्य यो साताको अन्तिम कारोबार दिन ८२१ रुपैयाँमा झर्यो। यसरी एक साताको अवधिमा कम्पनीको प्रति सेयरमूल्य २४ रुपैयाँका दरले घट्यो। 

यसैगरी यो साता गुराँस लाइफ र रिलायन्स लाइफको सेयरमूल्य प्रतिकित्ता १७ रुपैयाँ, लाइफ इन्स्योरेन्स कम्पनी नेपाल १० रुपैयाँ र एशियन लाइफ इन्स्योरेन्सको सेयरमूल्य प्रतिकित्ता २ रुपैयाँका दरले घट्यो। यो साता सूर्या लाइफ इन्स्योरेन्सको सेयरमूल्यमा भने कुनै परिवर्तन आएन। गत साता प्रतिकित्ता ७३५ रुपैयाँ रहेको सूर्या लाइफको सेयरमूल्य यो साताको अन्तिम कारोबार दिन पनि ७३५ रुपैयाँ नै कायम भयो। 

निर्जीवन बीमा कम्पनी 

यो साता तीनवटा निर्जीवन बीमा कम्पनीको सेयरमूल्यमा हरियाली छायो भने अन्य सबैकोमा रातो पोतियो। यो एक साताको अवधिमा प्रिमियर इन्स्योरेन्सको सेयरमूल्य प्रतिकित्ता ६४ रुपैयाँका दरले बढ्यो। गत साता ९५१ रुपैयाँ रहेको यो कम्पनीको सेयरमूल्य यो साता १०१५ रुपैयाँका साथ बन्द भयो। 

त्यस्तै शिखर इन्स्योरेन्सको सेयरमूल्य ४५ रुपैयाँ र हिमालयन जनरल इन्स्योरेन्सको सेयरमूल्य ५ रुपैयाँले वृद्धि भयो। 

निर्जीवन बीमा कम्पनीतर्फ यो साता राष्ट्रिय बीमा कम्पनीको सेयरमूल्यमा सर्वाधिक ४०३ रुपैयाँका गिरावट आयो। यस्तै सिद्धार्थ इन्स्योरेन्सको सेयरमूल्य प्रतिकित्ता ४५ रुपैयाँ, अजोड इन्स्योरेन्स ४३ रुपैयाँ, सानिमा जनरल २४ रुपैयाँ, प्रभु इन्स्योरेन्स २१ रुपैयाँ, नेपाल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स समान १९ रुपैयाँ, आइएमई जनरल र नेका इन्स्योरेन्स समान १५ रुपैयाँ, एभरेष्ट इन्स्योरेन्स १४ रुपैयाँ, लुम्बिनी जनरल १३ रुपैयाँ, प्रुडेन्सियल इन्स्योरेन्स ९ रुपैयाँ, युनाइटेड इन्स्योरेन्स ८ रुपैयाँ र एनएलजी इन्स्योरेन्सको सेयरमूल्य प्रतिकित्ता ४ रुपैयाँका दरले घट्यो। 

यो साता सगरमाथा इन्स्योरेन्सको सेयरमूल्यमा कुनै पनि परिवर्तन आएन। गत साता ९९० रुपैयाँ रहेको यो कम्पनीको सेयरमूल्य यो साता पनि ९९० रुपैयाँ नै कायम भयो।        

 


Share this with your friends: