सेयर बजारको गिरावटमा ब्रेक, बीमाका दुवै उपसूचकमा वृद्धि

2021-07-08
सेयर बजारको गिरावटमा ब्रेक, बीमाका दुवै उपसूचकमा वृद्धि

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज जीवन बीमा उपसूचक ४२.०२ अंकले बढ्दै १६९२५.८८ बिन्दुको उचाईमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ४.२३ अंकले बढ्दै १३९००.०२ बिन्दुमा पुग्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनी पर्यो। आज एनएलजी इन्स्योरेन्सको सेयरमूल्य १.५२ प्रतिशतले घट्दै प्रतिकित्ता १२३० रुपैयाँ कायम भयो। 

बजारमा अरु के–के भयो ?

निरन्तर ओरालो लागिरहेको बजारमा आज भने दोहोरो अंकको वृद्धि भयो। आज परिसूचक २३.७६अंकले बढ्दै २८२४.८९ बिन्दुको उचाइमा पुग्यो। यो दिन बजारमा २२३ कम्पनीका १ करोड ३१ लाख ४३ हजार २४० कित्ता सेयर ४ अर्ब ८१ करोड ५५ लाख २० हजार २९४ रुपैयाँमा किनबेच भयो। 

१३ वटा समूहमध्ये आज दुईवटा समूहबाहेक अन्य सबै समूहमा हरियाली छायो। आज विकास बैंक समूहमा सबैभन्दा धेरै उछाल आयो। यो समूह ८९.५७ अंकले बढ्यो। त्यस्तै बैंकिङ समूह १७.८१, होटल एण्ड टुरिजम १४.६५, हाइड्रोपावर ५२.०६, वित्त ६४.९५, उत्पादन तथा प्रशोधन २३.८९, लघुवित्त ६८.२९, म्युचुअल फन्ड ०.०३ र लगानी समूह १.१३ अंकले बढ्यो। 

आज व्यापार समूह २०.६ र अन्य समूह १२.०१ अंकले ओरालो लाग्यो। 

आज गृह्वेश्वरी मर्चेन्ट बैंकिङको सेयरमूल्यमा सर्वाधिक उछाल आयो। कम्पनीको सेयरमूल्य ९.४७ प्रतिशतले बढ्यो। त्यसैगरी जोशी हाइड्रोपावरको सेयरमूल्य ५.७७, घलेम्दी हाइड्रो ५.६६, मल्टीपपर्स फाइनान्स ५.०९ र सिभिल लघुवित्तको सेयरमूल्य ५ प्रतिशतले बढयो। 

आज कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्यमा सर्वाधिक अर्थात ३.६१ प्रतिशतको गिरावट आयो। 

यो दिन नेपाल बैंक लिमिटेडको सर्वाधिक सेयर कारोबार भयो। यो बैंकको आज २१ करोड ५२ लाख बढीको कारोबार भयो भने हिमालयन डिस्टिलरीको १७ करोड ४६ लाख, एनआईसी एशिया बैंक १६करोड ७९ लाख र निफ्राको १३ करोड ९९ लाख बढीको कारोबार भयो।   

 


Share this with your friends: