काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा पहिरो आएको छ । आज जीवन बीमा उपसूचक ८००.०६ अंकले घट्दै १४९९३.४१ बिन्दुमा झर्यो । यो दिन निर्जीवन बीमा उपसूचक पनि ६१४.२१ अंकले घट्दै १२०६९.२२ बिन्दुमा सीमित भयो ।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन् ।
त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन् । बीमातर्फ आज सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो । कम्पनीको सेयरमूल्य ८.४४ प्रतिशतले घट्दै प्रतिकित्ता ६१८ रुपैयाँ कायम भयो । त्यस्तै एर्नएलजी इन्स्योरेन्स कम्पनीको सेयरमूल्य ८.४१, प्रिमियर इन्स्योरेन्स ८.१६, एलआईसी नेपाल ७.६१, ज्योति लाइफ ६.६७ र आइएमई जनरलको सेयरमूल्य .६.६५ प्रतिशतले घट्यो ।
बजारमा अरु के–के भयो ?
आज नेप्से परिसूचकमा पहिरो आयो । परिसूचक ११४.०२ अंकले घट्दै २६९८.२४ बिन्दुमा सीमित भयो । यो दिन बजारमा २२५ कम्पनीका १ करोड ७३ लाख ३० हजार ५३८ कित्ता सेयर ८ अर्ब ४९ करोड ३४ लाख १ हजार ००९ रुपैयाँमा किनबेच भयो ।
बजारमा आज सबै उपसूचकमा गिरावट आयो । बैंकिङ उपसूचक ५१.५६ अंकले घटेको आज व्यापार १५६.९८, होटल एण्ड टुरिजम १५८.१३, विकास बैंक ३३२.३८, हाइड्रोपावर २२०.२९, वित्त २२९.६९, उत्पादन तथा प्रशोधन ९१.९६, अन्य ७०.६१, लघुवित्त १६२.३२, म्युचुअल फन्ड ०.४८ र लगानी उपसूचक ५.२९ अंकले घट्यो ।
आज मनकामना स्मार्ट लघुवित्तको सेयरमूल्यमा सर्वाधिक उछाल आयो । कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले बढ्यो । त्यस्तै डिप्रोक्स लघुवित्तको सेयरमूल्य २.०४ र लक्ष्मी लघुवित्तको सेयरमूल्य १.९९ प्रतिशतले बढ्यो ।
आज ७ वटा कम्पनीको सेयरमूल्य १० प्रतिशतले घट्यो । गुडविल फाइनान्स, पोखरा फाइनान्स, आईसीएफसी फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, घलेम्दी हाइड्रो, हिमालयन उर्जा विकास र युनाईटेड इदी मर्दीको सेयरमूल्य १० प्रतिशतले घट्यो ।
यो दिन अरुण भ्यालि हाइड्रोको सर्वाधिक सेयर कारोबार भयो । आज कम्पनीको ४० करोड ६५ लाख बढीको सेयर कारोबार भयो भने हिमालयन डिस्टीलरी २२ करोड ५५ लाख र नबिल बैंकको १८ करोड ४४ लाख बढीको सेयर कारोबार भयो ।