सेयर बजारमा पहिरो, बीमातर्फ प्राइम लाइफको सेयरमूल्यमा उच्च गिरावट

2021-11-28
सेयर बजारमा पहिरो, बीमातर्फ प्राइम लाइफको सेयरमूल्यमा उच्च गिरावट

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक ५३८.०३ अंकले घट्दै १४१५८.९१ बिन्दुमा सीमित भयो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ३८५.९४ अंकले ओरालो लाग्दै ११७४२.४८ बिन्दुमा झर्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूूचीमा एउटा मात्रै बीमा कम्पनी पर्यो। आज सानिमा जनरल इन्स्योरेन्स कम्पनीको सेयरमूल्य १.५२ प्रतिशतले बढ्दै प्रतिकित्ता ६०० रुपैयाँ कायम भयो। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनी पर्यो। आज प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको सेयरमूल्य ७.३४ प्रतिशतले घट्दै प्रतिकित्ता ७०१ रुपैयाँ कायम भयो। त्यस्तै हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको सेयरमूल्य ६.२९ र आइएमई जनरल इन्स्योरेन्सको सेयरमूल्य ४.७९ प्रतिशतले घट्यो। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा पहिरो आयो। परिसूचक ८०.२९ अंकले घट्दै २६५१.४९ बिन्दुमा सीमित भयो। ये दिन बजारमा २३४ कम्पनीका १ करोड १९ लाख ३ हजार २०२ कित्ता सेयर ५ अर्ब ८३ करोड ५१ लाख ३५ हजार ०५५ रुपैयाँमा किनबेच भयो। 

आज बजारमा सबै उपसूचकमा गिरावट आयो। बैंकिङ उपसूचक ३४.९७ अंकले घटेको आज व्यापार १५९.१७, होटल एण्ड टुरिजम १४७.०९, विकास बैंक २६७.२५, हाइड्रोपावर १३२.०२, वित्त ६८.०८, उत्पादन तथा प्रशोधन १९२.४१, अन्य ६८.२, लघुवित्त १३९.४, म्युचुअल फन्ड ०.२२ र लगानी उपसूचक २.९२ अंकले घट्यो। 

आज आईसीएफसी फाइनान्स कम्पनीको सेयरमूल्य सर्वाधिक अर्थात ९.७८ प्रतिशतले बढ्यो। त्यस्तै सामलिंग पावर कम्पनीको सेयरमूल्य ८.२१ र निर्धन उत्थान लघुवित्तको सेयरमूल्य ३.४३ प्रतिशतले बढ्यो। 

आज हिमालयन पावर कम्पनीको सेयूरमूल्यमा सर्वाधिक गिरावट आयो। कम्पनीको सेयरमूल्य ८.४९ प्रतिशतले घट्यो। यसैगरी मानुषी लघुवित्तको सेयरमूल्य ८.०९ र महालक्ष्मी विकास बैंकको सेयरमूल्य ७.२५ प्रतिशतले घट्यो। 

यो दिन महालक्ष्मी विकास बैंकको सर्वाधिक सेयर कारोबार भयो। यो बैंकको आज २९ करोड ८१ लाख बढीको सेयर कारोबार भयो।  

 


Share this with your friends: