काठमाण्डौ । भुक्तानी सेवा प्रदायक सेलकम प्रालिले ग्राहकको मागबमोजिम सेलपे सेवालाई वालेटमार्फत पनि चलाउन सकिने गरी सेवा विस्तारका क्रममा दोस्रो चरणको योजना सुरु गरेको छ।
योजनाअन्तर्गत सेलपेका ग्राहकले वालेट लोड गर्दा १०५ क्यासब्याक ९रु। ५०० सम्म र मोबाइल टपअपमा ४५ क्यासब्याक तुरुन्तै पाउन सक्ने कम्पनीले जनाएको छ। यो योजना यही असार १७ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्म लागु हुने कम्पनीले जनाएको छ ।
सेलपे सेवा मोबाइल तथा वेब एप्लिकेसन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा भएको कम्पनीले जनाएको छ ।
सेलपेद्वारा विभिन्न दुरसंचार सेवा, बिजुली, खानेपानी, टिभी, इन्टरनेटको महसुल भुक्तानी, इन्स्योरेन्सको भुक्तानी, सेयर तथा ब्रोकर भुक्तानी, सरकारी भुक्तानीहरु, विभिन्न पसल, रेस्टुरेन्टमा भुक्तानी, फोनपे नेटवर्कका करिब ४ लाख मर्चेन्टहरुमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, पीटुपी, पीटुबी, बीटुपी, बीटुबी आदि वास्तविक समयमा गर्न सकिन्छ। यसका साथै ग्राहकले सेलपे कार्ट सेवामार्फत सजिलै घरमै बसी–बसी विभिन्न सामानहरु खरिद गर्न सक्ने कम्पनीले जनाएको छ।
यस सेवामार्फत हुने सम्पूर्ण कारोबार बैंकिङ प्रणालीमार्फत सम्पन्न हुनेछ र सेलपे सेवासंग आवद्ध भएका बैंकहरुका खाताका साथै वालेट लोडबाट पनि ग्राहकले सहज रुपमा यो सेवा लिन सक्नेछन्। यसका साथै ग्राहकले सेलपेबाट फन्ड ट्रान्सफर गर्दा कुनै पनि शुल्क लाग्ने छैन।