काठमाण्डौ । सेलकम प्रालिको सेलपे सेवाले आफ्ना ग्राहकका लागि आकर्षक अफर लिएर आएको छ।
यस योजनाअन्तर्गत सेलपेका फुल केवाईसी ग्राहकले हप्ताको एकपटक मोबाइल टपअपमा १५% ९रु.३०० रुपैयाँसम्म क्यासब्याक पाउने छन्। यो योजना भदौ १६ गतेदेखि अर्को सूचना जारी नभएसम्म लागू हुने सेलपेले जनाएको छ।
सेलपेद्वारा विभिन्न दूरसञ्चार सेवा, बिजुली, खानेपानी, टीभी, इन्टरनेटको महसुल भुक्तानी, इन्स्योरेन्सको भुक्तानी, सेयर तथा ब्रोकर भुक्तानी, सरकारी भुक्तानीहरु, विभिन्न पसल, रेस्टुरेन्टमा भुक्तानी, फोनपे नेटवर्कका करिब ५ लाख मर्चेन्टहरुमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, पीटुपी, पीटुबी, बीटुपी, बीटुबी आदि वास्तविक समयमा गर्न सकिन्छ। यसका साथै ग्राहकले सेलपे कार्ट सेवामार्फत सजिलै घरमै बसी–बसी विभिन्न सामानहरु खरिद गर्न सक्नेछन्।