स्पर्स लघुवित्तलाई प्राप्ति गरेको ग्लोबल आइएमई लघुवित्तको एकीकृत कारोबार वैशाख ८ देखि

2021-04-16
स्पर्स लघुवित्तलाई प्राप्ति गरेको ग्लोबल आइएमई लघुवित्तको एकीकृत कारोबार वैशाख ८ देखि

काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्तले स्पर्स लघुवित्तलाई प्राप्ति गरी बनेको ‘ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको एकीकृत कारोबार आगामी वैशाख ८ गतेदेखि हुने भएको छ। 

ग्लोबल आइएमई लघुवित्तले स्पर्स लघुवित्तलाई प्राप्ति गर्ने सम्बन्धमा दुवै वित्तीय संस्थाबीच गत पुस २७ गते अन्तिम सम्झौता भएको थियो। प्राप्ति गर्ने विशेष प्रस्ताव गत पुस २९ गते संस्थाका छुट्टा–छुट्दै सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको थियो। साधारण सभाबाट पारित भएको विशेष प्रस्तावलाई नेपाल राष्ट्र बैंकले गत चैत १० गते अन्तिम स्वीकृती प्रदान गरेको थियो। यसपश्चात कम्पनीको रजिष्ट्रारको कार्यालयले गत चैत २७ गते दुई संस्थाबीच भएको प्राप्ति सम्झौतालाई स्वीकृती प्रदान गरेको थियो। 

आगामी वैशाख ८ गतेदेखि दुवै वित्तीय संस्थाको एकीकृत कोरोबार सुरु गरिने हुदाँ डेटा माइग्रेसन प्रयोजनका लागि वैशाख ७ गते दुवै वित्तीय संस्थाले आफ्ना सबै बैंकिङ कारोबार बन्द राख्ने जनाएका छन्।    


Share this with your friends: