काठमाण्डौ । सिन्धुपाल्चोक र स्याङ्जामा बाढीपहिरोबाट सिर्जना भएको कठिन परिस्थितिलाई मध्यनजर गर्दै स्मार्ट टेलिकमले त्यहाँका सम्पूर्ण स्मार्ट प्रयोगकर्तालाई १०० रुपैयाँका दरले ब्यालेन्स उपलब्ध गराएको छ।
कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत बाढीपहिरो प्रभावित क्षेत्रका आफ्ना प्रयोगकर्तालाई ब्यालेन्स उपलब्ध गराइएको जनाएको छ। कम्पनीद्वारा उपलब्ध गराइएको ब्यालेन्सबाट ग्राहकहरुले आफ्ना नजिकका परिवारजन तथा नातेदारसँग नियमित सम्पर्क गर्न सहयोग पुग्ने अपेक्षा कम्पनीले लिएको छ।
उक्त ब्यालेन्स रकमबाट स्मार्ट नेटवर्कभित्र अननेट कल गर्न तथा डेटा चलाउने सुविधा प्रदान गरिएको र यो ब्यालेन्स ७ दिनसम्म मान्य रहने कम्पनीले जनाएको छ।