काठमाण्डौ । स्मार्ट टेलिकम कम्पनीले प्रयोगकर्ताहरुको ‘दुईपछि फ्री’ अफर ल्याएको छ। कम्पनीले नेपालमै पहिलो दाबी गरेको यो अफरअन्तर्गत नेटवर्कभित्र दुई मिनेट कुरा गरेपछि बाँकी कल निःशुल्क हुने जनाइएको छ ।
र्ट प्रयोगकर्ताले यस अफर प्रयोग गरी आफ्ना परिवारजन, आफन्तजन तथा साथीभाइसँग अनलिमिटेड कुराकानी गर्न सक्नेछन्।
यो अफरको सुविधा लिन स्मार्ट प्रयोगकर्ताले निःशुल्क *141*1*5*1# डायल गर्नुपर्ने कम्पनीले जनाएको छ।