स्वावलम्बन लघुवित्तले प्रस्ताव गरेको लाभांस नेपाल राष्ट्र बैंकद्वारा स्वीकृत

2021-01-13
स्वावलम्बन लघुवित्तले प्रस्ताव गरेको लाभांस नेपाल राष्ट्र बैंकद्वारा स्वीकृत

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा प्रस्तावित लाभांस स्वीकृत गरेको छ। बैंकले पुस २७ गते संस्थाद्वारा प्रस्तावित लाभांस स्वीकृत गरेको हो। 

स्वावलम्बन लघुवित्तको गत पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि १९.००५६४५२६ प्रतिशत बोनस सेयर र १.०००२९७०९३ प्रतिशत नगद लाभां गरी कुल २०.००५९ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको थियो। संस्थाद्वारा प्रस्तावित लाभांसमा चुक्तापूँजीको १९.००५६४५२६ प्रतिशतले हुन आउने १५ करोड ६ लाख ६१६ रुपैयाँ बराबरको बोनस सेयर र १.०००२९७०९३ प्रतिशतले हुन आउने ७९ लाख २६ हजार ३४८ रुपैयाँ बराबरको नगद लाभांस(कर प्रयोजनका लागि) रहेका छन्। 

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भईसकेकाले अब यो लाभांस बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीलाई वितरण गरिनेछ। 

 


Share this with your friends: