काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको फागुन १७ गते बसेको सञ्चालक समितिको बैठकले १९ औँ वार्षिक साधारण सभा डाकेको हो।
बैठकले आउँदो चैत ११ गते काठमाण्डौमा रहेको अम्रपाली ब्याङ्केटमा सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा गत आर्थिक वर्षका लागि प्रस्तावित १९.००५ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद लाभांस गरी कुल २०.००५ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ। यस्तै बोनस सेयर जारी गरी जारी तथा चुक्ता पूँजी ९४ करोड ३० लाख रुपैयाँ कायम गर्ने विशेष प्रस्ताव पारित गरिनेछ।
सभामा अन्य घ वर्गका एक वा सो भन्दा बढी लघुवित्तलाई मर्जर/प्राप्ति गर्न उपयुक्त देखिएमा सम्पूर्ण कार्य अगाडी बढाउनका लागि सञ्चालक समितिलाई वा समितिले तोकेको व्यक्तिलाई अधिकार प्रत्यायोजन गर्ने प्रस्ताव पारित गरिनेछ। यस्तै गरी सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आ.व २०७६/७७ को सञ्चालक समितिको प्रतिवेदन माथि छलफल गरी पारित गरिनेछ।
सभामा लेखापरीक्षकको प्रतिवेदन सहितको २०७७ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र नाफा नोक्सान हिसाबमाथि छलफल गरी पारित गरिनुका साथै आ.व २०७७/७८ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ।
लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि संस्थाले फागुन २८ गतेदेखि चैत ११ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ।