काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा उदय राज खतिवडा नियुक्त भएका छन्। संस्थाको गत चैत १९ गते बसेको सञ्चालक समितिको बैठकले खतिवडालाई सीईओमा नियुक्त गरेको हो।
उनलाई आगामी चैत २६ गतेदेखि लागू हुने गरी सीईओमा नियुक्त गरिएको संस्थाले जनाएको छ।