स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा पौडेल नियुक्त

2020-11-06
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा पौडेल नियुक्त

काठमाण्डौ । स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदमा सुदर्शन पौडेल नियुक्त भएका छन्। मन्त्रीपरिषद्को आज बसेको बैठकले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा पौडेललाई चार वर्षका लागि नियुक्त गरेको हो। 

लोक सेवा आयोगको संयोजकत्वमा गठित समितिले स्वास्थ्य मन्त्रालयलाई डा दामोदर बसौला र डा कृष्णप्रसाद अधिकारी र सुर्दशन पौडेलको नाम सिफारिस गरेको थियो।

 


Share this with your friends: