हकप्रदका लागि अपि पावरद्वारा बुक क्लोज मिति तय, कहिलेसम्म बन्ने सेयरधनी ?

2021-05-05
हकप्रदका लागि अपि पावरद्वारा बुक क्लोज मिति तय, कहिलेसम्म बन्ने सेयरधनी ?

काठमाण्डौ । हकप्रद निष्कासनका लागि अपि पावर कम्पनी लिमिटेडले आगामी वैशाख २९ गते एक दिनका लागि सेयरधनी दर्ता पुस्तिका(बुक कलोज)गर्ने निर्णय गरेको छ । 

यसर्थ वैशाख २८ गतेसम्म कायम सेयरधनीहरुमात्रै कम्पनीद्वारा जारी गरिने हकप्रदका लागि योग्य हुनेछन् । कम्पनीले ५६ करोड ७० लाख रुपैयाँबराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ। 

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत वैशाख १९ गते १ः०.२९३८(अर्थात २९.३८ प्रतिशत)अनुपातमा हकप्रद निष्कासनका लागि अनुमति प्राप्त गरेको थियो ।     


Share this with your friends: